बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने थापाथलीबाट पक्राउ

काठमाडौं, चैत १२ । बैंकिङ कसूरको मुद्दा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार कीर्तिपुर नगरपालिका मच्छेगाउँ बस्ने गोर्खाका ३२ वर्षीय नविन लामिछानेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए ।

प्रहरी कार्यालयमा बैंकिङ कसूर मुद्दामा प्रवीण श्रेष्ठविरूद्ध नवराज देवकोटाले जाहेरी दिएका थिए। नविनले सो मुद्दा मिलाइदिने आश्वासन दिएर प्रवीणको परिवारबाट ७० हजार रुपैयाँ लिएको एसपी बस्नेतले बताए ।

ठगी गरेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, कालीमाटीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्