प्रधानन्यायाधीश जबरालाई भेट्न अदालत पुगे प्रधानसेनापति

  • 15
    Shares

काठमाडौं,१० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति सोमबार दिउँसो पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् ।

थापा र जबराले भेटवार्ता गरे पनि के विषयमा छलफल गरेका हुन् भन्ने खुलाइएको छैन । थापा र जबराको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यतिबेला सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण पुगेको छ । यही बेला प्रधानसेनापति जबरालाई भेट्न अदालत पुगेका हुन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्