विद्यार्थीहरुले ‘प्रतिगमन’लाई जुत्ता हान्ने…

  • 23
    Shares

काठमाडौं,१० फागुन । प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले सोमबार पनि विभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिगमनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।

उनका अनुसार मोर्चाको अगुवाईमा काठमाडौंको माइतीघरमा दिउँसो १ बजे भेला भएर बानेश्वर पुगेर विरोध सभा गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी विद्यार्थी संगठन अनेरास्ववियुले पनि सोमबार विरोधका कार्यक्रम गर्दैछ ।

विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको जनाएको छ । नारायणहिटी संग्रालय अगाडि ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव अनेरास्ववियुका सह संयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्