विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

  • 20
    Shares

काठमाडौं,१० फागुन । डडेल्धुरामा विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ परेका छन् । १० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।

गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिनुभयो ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो।

बालिका सोही विद्यालयमा अध्ययनरत छिन् । बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ ।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले बतायो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्