प्रधानमन्त्रीले गरे उपराष्ट्रपति र सभामुखको आलोचना…

  • 11
    Shares

बिराटनगर,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख नै सरकारविरूद्ध लागेको आरोप लगाएका छन्।

शनिबार विराटनगरमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले सरकारविरूद्ध मुद्दा हालेको भन्दै सभामुख सरकार विरोधी झगडिया भएको बताएका हुन्।

‘सभामुखले झगडिया हुन सुहाउँछ? सभामुख ठानेको झगडिया हुनको लागि हो?’, उनले भने।

सभामुखजस्तो मान्छे किर्ते सनाखत गरेको भन्दै उक्त कुराप्रति आफू लज्जित भएको बताए।

‘उहाँले किर्ते सनाखत गर्नुभएको छ। सभामुखजस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ। साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १० बजे आएको भनेर सनाखत गर्नु जस्तो लज्जास्पद कुरा के हुन सक्छ एउटा सभामुखजस्तो मान्छेलाई।’

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्