खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

  • 8
    Shares

दोलखा, फागुन ८ । दोलखामा श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको कालिन्चोक गाउँपालिका-६, लापिलाङमा शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो।

हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका(७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए। स्थानीयका अनुसार केहि वर्ष अघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको थिइन्।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्