राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी सरुले पाइन स्कुटर उपहार…

  • 36
    Shares

काठमाडौँ,७ फागुन । विभागीय टिम एपीएफकी सरु लिम्बू राजधानीमा सम्पन्न राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।

सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरुले यामाहको स्कुटर प्राप्त गरिन् । उनले एपिएफलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी चुनिइन् । उनले लिगका १० खेलमा ४३ गोल गरेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, नेपाल पुलिस क्लबकी अमृता जौशी उत्कृष्ट डिफेन्डर, नेपाल पुलिस क्लबकै उषा नाथ उत्कृष्ट गोलरक्षक तथा एपिएफलाई विजेता बनाएकी भगवती थापा प्रतियोगितको उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

विधागत उत्कृष्ट हुनेले ट्रफीसहित जनही ५०–५० हजार प्राप्त गरे । ‘फेयर प्ले’ अवार्ड हात पारेको चन्द्रपुर नगरपालिकाले ट्रफी सहित नगद रु १ लाख ५० हजार प्राप्त गर्‍यो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्