पूर्वप्रधानमन्त्री खनाल एपोलो अस्पतालमा भर्ना…

  • 59
    Shares

काठमाडौं,३० माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।

खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए ।

आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्