खोलामा कपडा धोइरहेकी महिलाको दुवै स्तन काटेर फरार

  • 1
    Share

भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटेर भागेको प्रहरी जनाएको छ ।

कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्