रुखबाट लडेर ५५ वर्षीय रायको मृत्यु

विराटनगर, ४ मंसिर। मोरङको रतुवामाई नगरपालिका ५ आनन्द चौकका ५५ वर्षीय बालवोध रायको बुधबार दिउँसो मसलाको रुखबाट लडेर मृत्यु भएको छ । हाँगा काट्नका लागि रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्