प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट : पहिलो खेलमा गण्डकी प्रदेश पराजित

  • 13
    Shares

काठमाडौं, पुस १४ । दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको छ।

सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सकेको हो। गण्डकीका लागि पूर्णता शाहीले १७ बलमा २ रन, शिला क्षेत्रीले २१ बलमा ४ रन, सृष्टी पौडेलले १० बलमा ८ रन, सीमाना केसीले २५ बलमा ४ रन, एलिशा लामिछानेले ७ बलमा ४ रन सातै अविजित रहेका ज्योत्सिन्का मरासिनीले १४ बलमा ६ साथै कुसुम गोदारले १९ बलमा ५ रन बनाए।

सुदूपश्चिमका लागि सुनिता लुहारले दुई साथै कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्