झापाको काकरभिट्टाबाट मूर्ति सहित बहुमूल्य सामान प्रहरी नियंत्रणमा…

झापा,१२ पुस । अवैधरुपमा भारततर्फ निकासी अवस्थामा नेपाल प्रहरीले करवि ८ लाख मुल्य बराबरका विभिन्न देवताका १६ थान मूर्तिसहित ९७ वटा दियो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले झापा मेचीनगर ६ नकलबन्दा नाका भएर भारततर्फ लैजादैं गर्दा आइतबार विहान सामान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार सेतो बोरामा चादी र तामाको लेपन लगाएका करीव डेढफूट उचाईका सरस्वती, दुर्गाका मूर्ति र ९७ थान दियो पक्राउ गरिएको छ ।

घट्नामा संलग्न भने प्रहरीलाई देखेर भागेको बताइएको छ ।

प्रत्येक मूर्तिको अनुहार कागतले छोपिएको छ भने कागत र प्लाष्टिकमा प्याक गरेर लाहाको प्रयो गरी विभिन्न नम्वर लगाईएको छ ।

प्रहरीका अनुसार पुरातात्विक विभागले यसको बेचबिखनमा रोक नलगाएको भएपनि लुकिछिपी अवैधरुप कारोवारमा भने प्रतिवन्ध लगाएको छ ।

नेपाल सरकारको नियम अनुसार लाग्ने राजस्व दस्तुर बुझाएर निकासी गर्न मिल्ने भएपनि अबैधरुपमा निकासी गरिएकाले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

प्रहरीका अनुसार नेपालमा बनाइएका यस्ता मूर्ति भारतका विभिन्न ठाउँमा रहेका गुम्बाहरुमा राख्न लैजाने गरिन्छ । त्यहाँ यस्ता वस्तुको माग प्रशस्त हुने प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्