अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ३ लाख १४ हजार नाघ्यो…

काठमाडौँ, २ पुष । अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख १४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४८६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १४ हजार ५७७ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ७३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ९९६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७३ लाख ९२ हजार ६१८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ७० हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६९ लाख ७ हजार ३०६ जनामध्ये २८ हजार ३२५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्