गुगललले डेस्कटप वेब सर्चमा डार्क मोड ल्याउने

  • 5
    Shares

काठमाडौँ, २९ मंसिर । केही समय अघि गुगलले एन्ड्रोइड र आइओएसको सर्च एपमा डार्क मोड फिचर ल्याएको थियो। अब भने कम्पनीले यसको डेस्कटप वेब सर्चमा पनि डार्क मोड ल्याउने तयारी गरिरहेको टेक हिन्दुस्तानले बताएको छ।

टेक हिन्दुस्तानका अनुसार गुगलले डेस्कटपको वेब सर्चमा डार्क मोड ल्याउन परिक्षण सुरु गरिसकेको छ।

अहिले गुगल सर्चको वेबसाइट हेर्ने हो भने त्यसमा ह्वाइट मोड नै रहेको छ। अर्थात् गुगल सर्च वेबसाइटमा सेतो पृष्ठभूमि रहेको छ, जसमा शब्दहरु कालो रंगमा रहेका छन् भने हाइलाइट निलो रंगमा देखाउँछ।

हाल परिक्षण गरिरहेको डार्क मोडमा भने गुगल सर्चको पृष्ठभूमि गाढा खैरो रंगको हुनेछ। त्यसमा देखिने शब्द र हाइलाइटको रंग चाहिँ परिवर्तन नहुने टेक हिन्दुस्तानको भनाइ छ।

यो सँगै डार्क मोडमा वेबको माथिल्लो बायाँ कुनामा देखिने गुगलको रंगिन लोगो पनि सेतो रंगमा परिवर्तन हुनेछ।

यसमा देखिने माइक्रोफोनको आइकन र ‘अल’, ‘इमेज’, ‘न्यूज’, ‘भिडियो’ आइकनका रंग भने परिवर्तन नहुने बताइएको छ।

गुगलको यो नयाँ फिचर अझै पनि परिक्षणकै चरणमा छ र प्रयोगकर्ताले यसको लागि केही समय पर्खनु पर्ने टेक हिन्दुस्तानको भनाइ छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्