‘सेल्फी किंङ’को फस्ट लुक सार्वजनिक, माघ २४ मा रिलिज हुने

  • 4
    Shares

काठमाडौँ । विपिन कार्की स्टारर ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक भएको छ। फस्ट लुकसँगै सिनेमाले आफ्नो रिलिज मिति पनि घोषणा गरेको छ।

सिनेमा माघ २४ गते रिलिज हुने भएको छ। सार्वजनिक पोष्टरमा विपिनमात्र फिचर्ड छन्।

सेल्फी किंङुमा विपिन कार्की सोही नामको पात्रको परिचित चर्चित हाँस्य कलाकार ९टेलिभिजन०को भुमिकामा देखिनेछन् । सिनेमाले विपिनका माध्यमबाट कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ।

ड्रामा तथा कमेडी श्रेणी अन्तरगत राखिएको सिनेमालई डेब्यू निर्देशक विशाल सापकोटाले निर्देशन गरेका हुन्। सिनेमामा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ।

सिनेमालाई निर्देशक दिनेश राउत र सोही चलचित्रका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्