कैलालीमा ९ वर्षकी बालिका बलात्कृत…

  • 12
    Shares

कैलाली, १५ मंसिर कैलाली । कैलालीमा एक ९ वर्षकी बालिका बलात्कृत भएको घटना दुई महिनापछि सार्वजनिक भएको छ ।

मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरेको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई शाहीले बालिकालाई बलात्कार गरेको उनका परिवारले आरोप लगाएका छन्

बलात्कारको आरोपमा पक्राउ परेका शाहीविरुद्ध जबरजस्ती सम्बन्धी मुद्दा गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना किन ढिलो सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्