विभिन्न जिल्लामा गरी ७० हजारभन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ: वामदेवलाई पनि डेंगु

काठमाडौँ २४ भदौ । नेकपाका नेता वामदेव गौतमलाई पनि डेंगुको संक्रमण भएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल स्रोतका अनुसार नेता गौतमलाई डेंगु ज्वरो देखिएको हो ।

नेता गौतमलाई सामान्य डेंगु देखिएको अस्पताल स्रोतले जनाएको छ। एक चिकित्सकले भने,’हेमोरेजिक तथा सक सिन्ड्रोम भने देखिएको छैन। ‘

शनिबार नेता गौतमलाई सामान्य ज्वरो आएको थियो। ज्वरो कम नभएपछि उनले सोमबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षणसँगै अन्य परीक्षण गराएका थिए।

चिकित्सा स्रोतका अनुसार नेता गौतमलाई देखिएको डेंगु नेपालमै संक्रमण भएको हुन सक्ने उच्च सम्भावना छ। हालसम्म मुलुकका विभिन्न जिल्लामा गरी ७० हजारभन्दा बढीलाई डेंगुको संक्रमण देखिएको छ। उपचारमा संलग्न १० स्वास्थ्यकर्मी पनि बिरामी परेर उपचार गराइरेहका छन्।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्