ट्रक र मोटरसाइकल ठोक्‍किँदा झापाक पेशल केसीको मृत्यु : दुई घाइते

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ८ विराटचोकमा आईतबार राति ट्रक र मोटरसाइकल ठोक्‍किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाइकल आपसमा ठोक्‍किँदा राति पौने ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक झापाको कन्काई नगरपालिका ३ का ४४ वर्षीय पेशल केसीको उपचारका लागि धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।

दुर्घटनामा ट्रकमा सवार इटहरीका यमपी रुस्तम र मित्रलाल न्यौपाने घाइते भएका छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ । घटनालगत्तै फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्