‘मिस टिन–२०१९ को उपाधि सौगात तिवारीलाई

बिर्तामोड २४ भदौ । ‘मिस टिन–२०१९ प्रदेश १ को उपाधि झापा बिर्तामोडकी सौगात तिवारीले हात पारेकी छन् ।

‘ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको मिस टिन–२०१९ प्रतियोगिताको पाँचौ संस्करणको ताज सौगातले हात पारेकी हुन् । १३ बर्षीया सौगात बिर्तामोडको कञ्चनजंघा इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् ।


बिर्तामोडमा सम्पन्न कार्यक्रममा २०१८ की मिस टिन रिचा ढकालले उनलाई ताज पहराइदिएकी थिइन् । प्रतियोगिताको फ्रस्ट रनर अफ तेह्थमकी सितल गुरुङ र सेकेण्ड रनरअप मेचीनगरकी प्रजिता श्रेष्ठ बनेका छन् ।

बिजेताले नगद पुरस्कारसहित उच्च शिक्षाका लागि छात्रबृत्ति हात पारेका छन् । त्यस्तै लिटल मिस्टर एण्ड मिस बिर्तामोडको उपाधि आश्रेया बराल र युनिस अधिकारीले हात पारेका छन् । प्रतियोगिताको फस्ट रनर अप अन्शु कोइराला र अनमोल लुइटेल तथा सेकेण्ड रनरअप सन्ध्या राजबंशी र सुजलकुमार गुप्ता बनेका छन् ।
निर्णायकमा मिस्टर वल्र्ड नेपाल अक्ष्यजंग रायमाझी रहेको मिस पूर्वाञ्चल पुजा श्रेष्ठ, मिस प्रोविन्स वान सुप्रिया कडरिया, एमएटी कलेजका फाउण्डर प्रिन्सिपल आरएस ढकाल, स्कूल अफ ह्याप्पिनेशका फाउण्डर हरि सिटौला, एकाडेमिसियन जेन्नी राई र मिस प्रोविन्स वानकी सेकेण्ड रनर अप सुप्रिया कोइराला निर्णायकमा रहेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्