संचारकर्मी रमेश तिवारी र नायिका केकीको ‘माया लाउँ कि नलाउँ भो’

काठमाडौं,२९ कात्तिक । गीतकार चुडामणी पौडेलले आफ्नो नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक गरेका छन् । यो गीतमा चुडामणी र गायिका टिका प्रसाँइको स्वर, टिका प्रसाँइको संगीत छ ।

यो गीतको म्यूजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीलाई रोमान्स गरिरहेको देख्न सकिन्छ । साथमा भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलले पनि काम गरेका छन् ।

आइपी आचार्यको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्