जाजरकोटमा भीषण आगलागी, तीन घर जले

कालिकोट, ११ कार्तिक । जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा गाईबस्तुलाई कुँडो पकाउन खोज्दा भएको आगलागीबाट तीन घर जलेका छन् ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले अन्य दुई घरसमेत जलेको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा समेत जलेका छन् ।

तर गाईबस्तु तथा अन्य मानवीय क्षति भने नभएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्