हङकङविरुद्ध नेपाल पहिलो ब्याटिङमा, सोमपाल नखेल्ने ।

  • 1
    Share

ढाका । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर पहिलो फिल्डीङ रोजेको छ ।

नेपालले भारतविरुद्ध उत्रेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाष बोहोराले टोलीमा स्थान बनाएका छन् । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल नै नेपाली टोलीको शीर्षक्रम सम्हाल्ने छन् । त्यसपछि शरद भेषावकर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी मध्यक्रममा रहनेछन् । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर पवन सर्राफले तल्लो मध्यक्रमको जिम्मेवारी करण केसीसँग बाँड्नेछन् । अभिनाष, ललित नारायण राजवंशी र सुशन भारि पनि टोलीमा छन् ।

दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । जुन खेलमा बंगलादेशका सौम्य सरकारले ८४ र मोहम्मद नइमले ५२ रन जोडेका थिए । हङकङका बलरले कमजोर प्रर्दशन गरेका थिए । १ सय ६५ रनको लक्ष्य बंगलादेशले २५ ओभरको भेट्टाएको थियो ।

यता नेपाल पहिलो खेलमा भारतविरुद्ध पवन सर्राफ र शरद भेषावकरको ब्याटिङमा १ सय ९४ रनको लक्ष्य दिएको थियो । भारतले ४२ ओभरमा ७ विकेटको जित दर्ता गर्ने क्रममा खासै कसरत गर्नु परेन ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्