नेहा कक्कड र रोहन प्रित सिंहको बिहे आज

  • 36
    Shares

काठमाडौं,८ कात्तिक । बलिउडकी सफल पाश्र्व गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंह आज बिहे गर्दैछन् । उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ । नेहा र रोहनले दिल्लीमा बिहे गर्दैछन् । यसका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए ।

दिल्लीमा नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् । नेहा र रोहन केही समयदेखि प्रेम सम्बन्धमा थिए । नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए ।

बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको परिवारले कुनै कसर बाँकी राखेको छैन ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्