यस वर्षको दशैँको टीकाको शुभ साइत बिहान १०ः१९ बजे

  • 75
    Shares

काठमाडौं,८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०:१९ बजे उत्तम रहेको जनाएको छ ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

बडादसैंअन्तर्गत आज (शनिबार) महाअष्टमी। आजका दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ।

भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।

तर कारणवश भनेकै साइतमा टीका लगाउन नसक्नेले भने त्याे दिनभर नै टीका लगाउनु शुभ मानिने जनाइएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्