थप ४४९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

  • 10
    Shares

काठमाडौं,७ कात्तिक । आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यी सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्