आइपीएल : दिल्लीविरुद्ध पञ्जाब विजयी, सतक बनाउँदै शिखर धवनले रचे इतिहास

  • 3
    Shares

काठमाडौं,५ कात्तिक । इन्डियन प्रिमियर लिग (आइपीएल) ३८औँ म्याचमा मंगलबार किंग्स इलेभन पञ्जाबसँग दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ।

आफ्नो तेस्रो जीत निकाल्दै पञ्जाब अंकतालिकाको पाँचौ नम्बरमा उक्लिएको छ।

त्यस्तै दिल्लीको तर्फबाट भने ओपनर शिखर धवनले नट आउट शतकीय पारी खेलेका थिए। उनी आइपीएलको इतिहासमै लगातार दुई शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। उनले नटआउट १०६ रन बनाएका थिए।

टस जितेर ब्याटिङ गरेको दिल्लीले १६५ रनको टार्गेट दिएको थियो। पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्