टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज चिनको सामना गर्दै

  • 1
    Share

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टिमले आज घरेलु टिमको सामना गर्दैछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा चीनसँग खेल्न लागेको हो । खेल चीनको सांघाईमा हुनेछ । तुलनात्मक कमजोर टिम चीनविरुद्ध नेपाल सहज जितको खोजीमा हुनेछ । नेपाल पहिलो जित निकाल्न चाहन्छ ।

यस अघि सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो । चीनपछि नेपालले बिहिबार म्यानमार र शुक्रबार मलेसियासँग खेल्नेछ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्