डा. गाेविन्द केसी र सरकारी प्रतिनिधिबीच वार्ता सुरु

  • 19
    Shares

काठमाडौं । डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।

त्यसलगत्तै केसी पक्षबाट डा.जीवन क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनेको थियो । दुवै समितिबीच वार्ता भइरहेको केसी समर्थक डा.अभिषेकराज सिंहले जानकारी दिए ।

शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य छन् ।

केसीका तर्फबाट डा.क्षेत्रीको संयोजकत्वमा गठित टोलीमा डा. अन्जनीकुमार झा, डा.लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल छन् । खासगरी केसीले राखेका मागका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । जनताका पक्षमा निर्णय नभएसम्म अनसन नछाड्ने केसीले अडान राख्दै आएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्