कुमार बस्नेतको नयाँ गीत लान पाउदैनौ दाजै’ सार्वजनिक(भिडियाे)

काठमाडौं । कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । कुनै बेला सेक्सी गायकका नामलेसमेत चिनिने बस्नेतले ‘लान पाउदैनौ दाजै’ बोलको नयाँ गीत बजारमा ल्याएका हुन् ।

उनको यो गीत भजन संग्रहको रुपमा छ । गीतमा शब्द तथा स्वर उनको आफ्नै छ, भने संगीत स्व.बिजु बज्राचार्यको रहेको छ ।
गीतको भिडियोमा पनि बस्नेत आफै देखिएका छन् । पशुपती क्षेत्रमा छायाँकन गरिएको यो भिडियोलाई राजकुमार तिमिल्सिनाले निर्देशन गरेका हुन्, भने गीतको भिडियोलाई अशोककुमार बस्नेतले छायाँकन गरेका हुन् ।

भिडियोको सम्पादनकेसव अधिकारीले गरेका छन् । गीतको भिडियो एटके क्रेशनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्