फाल्गुनन्द विमानस्थल निर्माण शुरु भएको दश वर्षमा पनि सम्पन्न भएन

  • 5
    Shares

इलाम, २० असोज । इलाम नगरपालिका- ८ मा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थल १० वर्षसम्म पनि बन्न सकेन । पर्याप्त बजेट भए समयमै काम सकेर नियामित उडान भर्न तयार हुने अवस्थामा रहेको छ ।

सदरमुकामवाट आठ किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खाली गरेपछि १० वर्षअघि काम थालिएको उक्त विमानस्थलमा चाहिए जति बजेट नआउँदा सबै काम अलपत्र परेको स्थानीयहरु बताउँछन् । एयरपोर्ट बनेपछि कमाइ होला भन्ने सपना बाेकेका स्थानीयहरु अहिले वषौँसम्म निर्माण सम्पन्न नहुँदा निराश बनेका छन् ।

विमानस्थल निर्माणपछि मेचीका पहाडी जिल्ला र सीमापारि भारतको दार्जिलिङ र सिक्किमका समेत बासिन्दाका लागि सहज हुने ठानिएको छ । विमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ भने भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा १० करोडको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायतको काम भइरहेको छ । धावनमार्ग कालोपत्रे गर्ने काम चैत्र सम्ममा सक्ने निर्माण कम्पनीले जनाएको छ ।

विमानस्थलमा अहिलेसम्म २० करोड भन्दा बढी खर्च भई सकेको छ अहिले चलु भईरहेको काम सग विमानस्थललमा ३० करोड खर्च भए पनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन् ।

१८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिबाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानीयबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सात सय ३४ मिटर लम्वाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ ।

एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा शिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेताहरुको चासो पछिल्लो समयमा घटेको स्थानीयको आरोप छ । सिलान्यासअघि नै यो विमानस्थाल बनाउन प्राविधिक रुपमा उपयुक्त नभएको विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले झापाको विमानस्थन नजिक रहेको, सडकको सहज पहुँच भएको कारण देखाउँदै विमानस्थल बनाउन आवश्य नभएको सुझाव दिएका थिए ।

विमानस्थल सञ्चालनमा ल्याउन टमिर्नल टावरका लागि भवन निर्माण, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र तारबेरा निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसको लागि १० करोडभन्दा बढी बजेटको आवश्यकता रहेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्