नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं,१८ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

अर्को बैठक कहिले बस्ने भनेर मिति तोकिएको छैन । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्