विदेशिने युवाहरुको भाव बोकेको लोकगीत, –‘पसिना’ (भिडियो)

वाध्यताले विदेशिने युवाहरुको भाव बोकेको लोकगीत, –‘पसिना’ शनिबार युट्युबमा सार्वजनिक गरीएको छ ।

पुरुषोत्तम गैरेको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा वाध्यताले विदेशिने युवाहरुको भावनालाई मार्मीक ढंगले प्रस्तुत गरिएको छ। गीतमा पुरुषोत्तमसंगै सुरेश रमण अधिकारी र सुमन गैरेले स्वर दिएका छन्। शुभतारा म्युजिक प्रा.लिको प्रस्तुतिमा अनन्त न्यौपानेले गीतलाई प्रस्तुत गरेका हुन्।

गायक तथा सर्जक पुरुषोत्तम गैरेकै निर्देशनमा बनेको भिडियोमा अनन्त न्यौपाने, सिर्जना मश्राङ्गी, लोक लुइँटेल, सुमन गैरे लगायतले अभिनय गरेका छन्।

सन्तोष बस्यालको छायांकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन्।

भिडियो :

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्