प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ सय ४१ पुग्यो

विराटनगर : प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ हजार छ सय ४१ पुगेको छ । एक लाख २२ हजार सात सय ७४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक लाख १६ हजार एक सय ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

एक सय २२ जना नयाँ बिरामी मंगलबार थपिएपछि संक्रमित संख्या छ हजार छ सय ४१ पुगेको हो । प्रदेश १ मा मंगलबार आठ सय ६२ जनाको पीसीआर परीक्षण हुँदा ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । सात सय ४० जनाको रिपोर्ट नेगेटिभ आयो ।

थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका ८६ जना छन् । त्यस्तै सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एक–एक र प्रदेश १ बाहिरका चारमा संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा थपिएका ८६ संक्रमितमध्ये प्रदेश राजधानी विराटनगरका मात्रै ६१ जना छन् । जसमा २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा पाँच पुरुष, ग्रामथानमा एक महिला, तीन पुरुष, सुन्दरहरँैचामा दुई पुरुष, उर्लाबारीमा एक महिला, सुनवर्षीमा एक पुरुष, स्थानीय तह नखुलेका दुई महिला र १० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा दुई महिला, पाँच पुरुष, इटहरीमा एक महिला, चार पुरुष, दुहवीमा एक महिला, तीन पुरुष, स्थानीय तह नखुलेका तीन पुरुष, झापाको दमक र भद्रपुरमा तीन–तीन पुरुष, अर्जुनधारामा एक पुरुष, स्थानीय तह नखुलेकी एक महिला, तेह्रथुममा दुई, भोजपुर र उदयपुरका एक–एक पुरुष, इलामको माई नगरपालिकाका एक पुरुष र प्रदेश १ बाहिरका एक महिला, तीन पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेशमा तीन हजार ४१ पुगेको छ । संक्रमण पुष्टि भएर उपचाररत रहेकामध्ये एक सय ६६ जना मंगलबार डिस्चार्ज भएका छन् ।
हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररतमध्ये ७० जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५१ पुरुष छन् ।
सोमबार र मंगलबार झापा, मोरङ र सुनसरीमा एक–एक जना पुरुषको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्