काठमाडौँ। युवापुस्ता माँझ निकै चर्चित र्यापर भिटेन (समिर घिसिङ)ले पहिलोपटक नेपाली फिल्मको लागि गीत गाएका छन्। आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’को प्रमोसनल गीतमा उनले आवाज दिएका हुन्। ‘सरौतो’ शीर्षकको उक्त गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको छ। गीतमा भिटेन स्वयंको शब्द तथा संगीत छ।
गीतको भिडियोमा पनि उनी स्वयंम फिचर्ड छन्। साथमा फिल्मका मुख्य पात्र सुमी मोक्तान, विजय लामा लगायतलाई भिडियोमा देखाईएको छ। बदलाको कथामा निर्माण गरिएको ‘सरौतो’लाई हरी हुँमागाइँले निर्देशन गरेका हुन्। फिल्ममा सुमी, विजयका अलावा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतका कलाकारहरुको अभिनय छ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा फिल्म निर्माण भएको हो। राघव कृष्ण गौतमको लेखन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ।
उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन रहेको फिल्म सम्पादनको जिम्मा निमेष श्रेष्ठले लिएका छन्।
भिडियो :