आजदेखि आन्तरिक हवाइ उडान शुरु

काठमाडौ,५ असोज । कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले बन्दावन्दी गरेसँगै बन्द भएको आन्तिरिक हवाई उडान _आज_सोमबार देखि शुरु भएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हवाइ कम्पनीले उडान शुरु गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान अनुमति दिएको हुन् ।

सोही अनुसार हवाइ कम्पनीहरुले यस अघिनै आज देखि टिकट बुकिङ खुल्ला गरी सकेको थियो । यती,तारा, बुद्ध, श्री, समिट, सिता, सिम्रीक एयरले आजबाट उडान शुरु गरेको जनाएको छ ।

करिव ७ महिना बन्द भएको हवाइ उडान शुरु भएसँगै यात्रुहरुलाई सुरक्षित आवतजावतमा सहज हुने हवाइ कम्पनीहरुको विश्वास छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्