चितवन मेडिकल कलेजमा उपचाररत् संक्रमितको मृत्यु

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कालिका नगरपालिका ५ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो। श्वासप्रश्वास र निमोनिया समस्याका कारण भदौ २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा शनिबार कोरोना पुष्टि भएको थियो।

उनको सघन उपचार कक्षमा उपचार गर्दागर्दै शनिबार बिहान पौने १२ बजे बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्