प्रदेश १ का २१० जना प्रहरीमा कोरोना, देशभर १ हजार २११ सक्रिय संक्रमित

Coronavirus economic impact concept image

काठमाडौँ, २१ भदौ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ६२९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १११ जना पुगेको छ । जसमध्ये १ हजार २११ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१०, प्रदेश २ मा ७३, वाग्मती प्रदेशमा ६०, गण्डकीमा ८१, प्रदेश ५ मा १०४, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

उपचारपछि ९५० जना डिस्चार्ज भएर फर्किएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७१ र काठमाडौं उपत्यकाका ५५८ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्