झापाका तीन नगरप्रमुखको प्रतिबद्दता : “नगरमा सम्बृद्दि हाँसिल गछौँ”

  • 3
    Shares

बिर्तामोड । झापाका तीनवटा नगरपालिकाका प्रमुखले दुई वर्षको अवधिमा विकासका ९० प्रतिशत कामको सुरुवात गरेको बताएका छन् ।

बिर्तामोडमा मंगलबार भएको कार्यक्रममा बोल्दै दमक, मेचीनगर र बिर्तामोड नगरपालिकाका प्रमुखले जननिर्वाचित प्रतिनिधि आएपछि विकासका कामले प्राथमिता पाएको बताएका हुन् । उनीहरुले आ–आफ्नो नगरपालिकाको योजना अनुसार ९० प्रतिशत योजनाका कामहरु सुचारु अवस्थामा रहेको र बाँकी १० प्रतिशतलाई छिट्टैसुरु गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै मेचिनगर नगरपालिकाका प्रमुख विमल आचार्यले केन्द्र र प्रदेशमा आफ्नो सरकार नभएकाले आफुले सोचे अनुरुप कार्य गर्न नसकेको सुनाए ।

आचार्यले भने, ‘सरकारले नीति र नियम अनुसार सबै नगरलाई सम्मान दृष्टिकोणले हेर्नूपर्ने अनि मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा हुनेछ ।’

सो कार्यक्रममा आफनो धारणा राख्दै बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नो नगरलाई प्रदुषण र विषादीरहित बनाउने योजना अनुरुप अगाडि बढेको सुनाए । आफ्नो कार्यकालमा कृषि र शिक्षालाई मध्यनजर गरेर बजेट यी क्षेत्रमा बढी विनियोजन गरेको बताए ।

आफ्नो नगरलाई अरु नगर भन्दा फरक बनाउन आफुहरु लागि परेको र यहाँका जनताको साथ र सहयोगको अपेक्षासमेत रहेको बताए । साथै उनले आफ्नो नगरका जनताको स्वास्थ्यलाई ख्यालमा राख्दै बिरामीलाई गुणस्तरीय औषधी वितरण गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले आफ्नो नगर पूर्णखोप र खुल्ला दिसामुक्त क्षेत्र भइसकेको र बालमैत्री नगर बनाउने योजना रहेको बताए ।

९० प्रतिशत योजनाहरु कार्यान्वयनको चरणमा पुगेको र अरु १० प्रतिशत योजनाहरु पनि चाँडै कार्यान्वयन गर्ने तयारी रहेको जानकारी दिए । साथै आफनो नगरमा लागू पदार्थ सेवन गर्नेको सङख्या अत्यधिक भएकाले यो समस्यालाई हल गर्नु आफ्नो ठुलो चुनौती रहेको बताए ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश नं। १ ले स्थानीय तहका प्रमुखहरुसँग बिर्तामोडमा हिजो साक्षात्कार कार्यक्रम क्लबका अध्यक्ष शेखर सेडाईँले सम्पन्न गरेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्