आज १ नंम्बर प्रदेशमा ८३ कोरोना संक्रमित थपिए, २४ जना डिस्चार्ज

विराटनगर, १ भदौ । प्रदेश नंम्बर १ मा आज ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेमा सबैभन्दा बढी मोरङका रहेका छन् ।

थपिएका संक्रमितहरू मोरङमा ४४, सुनसरीमा ३१, झापामा सात र प्रदेश १ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सोमबार मोरङको विराटनगरमा १३ महिला र १६ पुरुष संक्रमित थपिएका छन् ।

उपचारपछि निको भएर आज डिस्चार्ज भएसँगै २४ जनाले कोरोना जितेका छन् । प्रदेश १ मा हालसम्म उपचार सफल भएपछि कोरोना जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ९९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्