एपीएफका दुई जना फुटबल खेलाडीमा कोरोना संक्रमण

काठमाडौँ, १ भदौ । विभागीय एपीएफका दुई जना फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । तराई क्षेत्रबाट ड्युटीमा खटिएर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना पुष्टि भएको हो ।

दुवै खेलाडी गत वर्ष एपीएफबाट ए डिभिजना लिग खेलेका हुन् । तराईबाट फर्किएपछि परीक्षण गरिएका खेलाडीमा संक्रमण देखिएको एपीएफका एक अधिकारीले बताए ।

“तराई क्षेत्रबाट ड्युटीमा खटिएर आएका खेलाडीको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । अन्य खेलाडीको रिपोर्ट आउन भने बाँकी छ । पोजेटिभ देखिएका दुवैको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने ।

एपीएफले आफ्ना खेलाडीलाई पनि कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्दै ड्युटीमा खटाएको थियो । कोरोना संक्रमित दुवै खेलाडीमा कुनै प्रकारको लक्षण भने नदेखिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्