अब प्रदेश १ मा दैनिक २ हजार बढिको परीक्षण गरिने

  • 69
    Shares

विराटनगर, ३१ साउन । कोरोना संक्रमितको संख्या ह्रवात्तै बढेपछि प्रदेश १ मा परीक्षणको दायरा फराकिलो बनाइएको प्रदेश १ सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दैनिक तीनवटा ल्यावबाट १५ सय मात्र परीक्षण गरिदै आएकोमा शुक्रबारदेखि २ हजार २ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणको दायरा बढाइएको र ल्याबको संख्यापनि थप गरी बढाइएको मन्त्रालयले जनाएको छ । अव दैनिक दुई हजार बढीको परीक्षण गरिने सो सो मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा अहिले सम्म १ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या १ हजार ७५ रहेको छ । प्रदेशमा सवै भन्दा बढी मोरङमा ८ सय २२ रहेका छन् भने झापा , सुनसरी र उदयपुरमा बढी संक्रमित देखिएका छन् । समुदायमा संक्रण फैलिन थालेपछि चाडै रिर्पोट निकाल्न र उपचारमा सहयोग पु¥याउन परीक्षणको दायरा बढाइएको सो मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा जनस्वास्थ्य प्रयोगशाला , कोशी अस्पतालको प्रयोगशाला र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गरिदै आएकोमा शुक्रबार देखि झापाको मेची अस्पाताल भद्रपुरबाट पनि परीक्षण सुरु गरिएको मुख्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्