कमलका रेल्वे प्रभावितहरुले बुझाए सांसद लिम्बुलाई ज्ञापन

  • 14
    Shares

दमक/झापाको कमल गाउँपालिकाका रेल्वे प्रभावितहरुको गाउँपालिकास्तरीय समितिले आज संघीय सांसद महेन्द्रकुमारी लिम्बुलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयस्तरमा दिलिप संग्रौलाको अध्यक्षतामा गठित समितिले जनतासंग जनप्रतिनिधि कार्यक्रममा सांसद लिम्बूुलाई स्थानीयहरुको तर्फबाट आज सो ज्ञापन पत्र बुझाएको हो ।

कमल –६ को वडा कार्यालयमा आयोजित कार्यक्रममा सांसद लिम्बूले जग्गा प्राप्ति तथा अधिग्रहण ऐनको मर्म बिपरित राष्ट्रिय गौरवको आयोजनाका लागि जग्गा अधिग्रहण कार्य अघि नबढाउन सरकारको ध्यानाकर्षण गराउने बताइन् । जनतालाई बिकास बिरोधी देख्ने वर्तमान सरकारको जनताप्रतिको बुझाईमा नै कम्जोरी रहेको भन्दै कांग्रेस नेतृ समेत रहेकी सांसद लिम्बुले सरकार आफैंले प्रचलित कानुन विपरित दम्भ प्रस्तुत गरेर विधिको शासनलाई लत्याउन खोजिरहेको भन्दै आपत्ती समेत जनाइन् । उनले कांग्रेसले संसदमा समेत एकताबद्ध भएर सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता जनाइन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्