प्रदेश नंम्बर १ मा ३१ संक्रमित थपिए

  • 3
    Shares

विराटनगर, १६ साउन । प्रदेश नंम्बर १ मा शुक्रबार ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ । संक्रमण पुष्टि हुनमा झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष र ५ महिला, सुनवर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना सक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ६५९ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्