“झापाको अर्जुनधारामा दर्जनौ कांग्रेशमा प्रवेश”

  • 238
    Shares


अर्जुनधारा, साउन १६ । नेपाली कांग्रेशको १४ औं महाधिवेशनको मिती सार्वजनिक भएपछि अन्य पार्टी परित्याग गरि कांग्रेशमा प्रवेश गर्नेको लहर नै शुरु भएको छ ।

कांग्रेश प्रवेशको लहर अहिले देशैभरी शुरु भएको छ । केहिदिन अघि रा प्र पा का नेता शुनिल थापा सहित सयौ नेता तथा कार्यकर्ता कांग्रेशमा प्रवेश गरिसकेका छन् ।

शुक्रबार झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रममा नेकपा परित्याग गरि दर्जनौ कार्यकर्ता कांग्रेशमा प्रवेश गरेका छन् । नेपाली कांग्रेश अर्जुनधारा ८ नम्बर वार्ड समितिको आयोजनामा भएको सो कार्यक्रममा नव प्रवेशीलाई नेपाली कांग्रेशका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकी, जिल्ला सभापति उद्दब थापा लगायतले फूल माला र अविर लगायत स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुदै केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले बर्तमान सरकारले जनताको मन जित्न नसकेको र जनताको पक्षमा काम गर्न नसकेको बताउदै आगामी चुनावमा कांग्रेश पहिलो पार्टी हुने धारणा व्यक्त गर्नुभयो ।

८ नम्बर वार्ड सभापति हेमराज खरेलको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका जिल्ला सभापति उद्दब थापा, प्रदेश ख सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगरसभापती हेमराज खरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्