विराटनगरमा सामाजिक सुरक्षा भत्ता ३६ करोड वितरण

  • 3
    Shares

विराटनगर, १५ साउन । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार नौँ सय रुपैयाँ वितरण गरेको छ ।

महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३०७ लाई १९ लाख ८० हजार आठ सय रुपैयाँ, एकल महिला ६८९ लाई ६६ लाख ६० हजार रुपैयाँ, ज्येष्ठ नागरिक पाँच हजार ३०३ लाई छ करोड ३५ लाख ६७ हजार रुपैयाँ, ज्येष्ठ नागरिक (दलित) ६७७ लाई ५९ लाख ५० हजार रुपैयाँ, पूर्ण अपाङ्गता २७६ लाई ३३ लाख २८ हजार रुपैयाँ, बालबालिका सुरक्षाअन्तर्गत ६४२ लाई १० लाख १० हजार चार सय रुपैयाँ र बिधवा चार हजार ९० लाई तीन करोड ३१ लाख ३४ हजार रुपैयाँ वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिए ।

यस्तै दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई २३ लाख ७३ हजार छ सय रुपैयाँ, एकल महिला ६३९ लाई ६१ लाख २८ हजा रुपैयाँ, ज्येष्ठ नागरिक पाँच हजार ४३५ लाई छ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक ९दलित० ६९७ लाई रु ६० लाख ६२ हजार रुपैयाँ, पूर्ण अपाङ्गता ३०४ लाई ३६ लाख ५६ हजार रुपैयाँ, बालबालिका सुरक्षाअन्तर्गत ६८८ लाई १० लाख ८८ हजार चार सय रुपैयाँ, विधवा चार हजार ३७४ लाई तीन करोड ५६ लाख आठ हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी तेस्रो चौमासिकमा अशक्त ३९१ लाई २५ लाख ४० हजार रुपैयाँ, एकल महिला ६६४ लाई ६४ लाख ६५ हजार छ सय रुपैयाँ, ज्येष्ठ नागरिक पाँच हजार ३८७ लाई छ करोड ५४ लाख ५१ हजार रुपैयाँ, ज्येष्ठ नागरिक (दलित) ७०७ लाई ६२ लाख ९८ हजार रुपैयाँ, पूर्ण अपाङ्गता ३१७ लाई ३८ लाख २४ हजार रुपैयाँ, बालबालिका सुरक्षाअन्तर्गत ६७१ लाई १० लाख ७२ हजार रुपैयाँ र विधवा चार हजार ४९९ लाई तीन करोड ६८ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्