नेकपा केन्द्रीय कमिटी बैठकको माग गर्दै महासचिवलाई पत्र बुझाउने तयारी

काठमाडौँ, १४ साउन । नेकपा केन्द्रीय कमिटीको बैठक डाक्न माग गर्दै एक सय ५० भन्दा बढी सदस्यले हस्ताक्षर गरेर पार्टीका महासचिव विष्णु पौडेललाई बुधबार पत्र बुझाउने तयारी गरेका छन् ।

नेकपामा विवाद बढिरहेका वेला केन्द्रीय कमिटी बैठकको माग उठेको हो । केन्द्रीय सदस्य ठाकुर गैरेले अपराह्न चार बजे पार्टी कार्यालय गएर महासचिवलाई मागपत्र बुझाइने बताए ।

मंगलबार पनि बालुवाटारमा पार्टी अध्यक्ष एवं केपी शर्मा ओलीको अनुपस्थितिमा बहुमत स्थायी कमिटी सदस्यको बैठक बसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्