सुनको मूल्यमा नयाँ रेकर्ड कायम

  • 13
    Shares

काठमाडौं, साउन १४ : बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ।

मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्