“बाढीबाट बिस्थापित परिवारलाई कांग्रेश नेता थेबेले गरे पहल “

  • 1.3K
    Shares


झापा, असाढ २९ । बाढीबाट बिस्थापित बनेका झापा गाउपालिका वार्ड न.१ स्थित मिलन बस्तीका करीब ८३ घर परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।


कांग्रेश नेता देउमान थेबेको पहलमा झापा गाउपालिका स्थानीय प्रहरी प्रशासन र गाउलेको सहयोगमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

स्थानीय सेतुमारी प्रा.वि.मा.४८ परिवार र लक्ष्मी प्रा. वि. मा ३५ परिवारलाई राखिएको छ । ४८ परिवार सबै आदिवासी (सन्थाल) समुदायका रहेका छन ।

४ बर्ष अघि जनताको तटबन्धन कार्यक्रम अन्तर्गत झापा गाउपालिका वार्ड न.१ मा पर्ने कुमखोद र महाभारा बीच करीब ३ किलो मिटर तटबन्धन गरिएको थियो। तर तटबन्धन सुरक्षीत रहेपनी कन्काई खोलामा पानीको बहाब बढेपछि ओभरफ्लो भएर पानी गाउँ पसेको थियो ।

बाढीबाट बिस्थापित भइ बिधालयमा राखिएका ८३ परिवारलाई तत्काल आवस्यक खानेकुरा चिउरा, दालमोठ, भुजा, पानी लगायतका सामग्री कांग्रेश नेता थेबेले प्रदान गर्नुभएको थियो ।

बिधालयमा राखिएका ८३ परिवारलाई अहिले झापा गाउपालिकाले ब्यवस्थापन गरेको छ । उनीहरुलाई चाहिने खाद्यान्न, लत्ताकपडा , सुत्ने बिस्तरा लगायत आवश्यक सम्पूर्ण ब्यवस्था गाउपालिकाले गरेको अध्यक्ष जयनारायण शाहले बताउनु भयो ।

त्यसैगरी सोही वार्डको पिलटोला भन्ने स्थानमा समेत बाढीको पानी पसेर त्यहाका करीब ५० घर परिवारमा क्षति पुर्याएको बताइएको छ । त्यस वार्डका ३ वटा मुस्लिम बस्ती र १वटा सन्थालका ५० परिवार समेत नराम्रो संग प्रभावित भएका छन । उनीहरु सबैलाई स्थानीय प्रहरीको सहयोगमा त्यही राखिएको छ ।
त्यस्तै सोही गाउँपालिकाको वार्ड न.७ का कच्छुदह, टप्पु लगायतका ठाउमा समेत बाढी पसेर स्थानीयवासी प्रभावित भएका बताइएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्