माइको भंगालो गाउ पस्दा २ सय भंदा बढ़ी घर जोखिममा

  • 61
    Shares


शिवसतासी, असाढ २८ गते । झापाको शिवसताक्षी वार्ड न.६मा माइखोलाको भंगालो गाउमा पस्दा दर्जनौं बिस्तापित भएका छन भने, २सय ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन ।

गए रातीबाट अबिरल परेको पानीको कारण माइखोला र सतासी खोलाको भंगालोले त्यहाँ रहेको जनताको तटबन्धन फुटाएको थियो।


बिहान करिब ३ बजे गाउँ पसेको भंगालोले शिवसताक्षी -६ स्थित पुरानो शिवगन्ज बजार क्षेत्रका करीब २सय ५० घर परिवार अहिले उच्च जोखिममा रहेका छन ।

अति उच्च जोखिममा रहेका केही परिवारलाई इलाका प्रहरी कार्यालय र शिवगन्ज बजार क्षेत्रमा स्थानान्तरण गरिएको स्थानीय गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

बाढी गाउँ पसेपछि हुनसक्ने मानवीय तथा भौतिक क्षतिलाई कम गर्न अहिले प्रहरी रेडक्रस कर्मी तथा स्थानीयवासी परिचालित भएको बताइएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्