कनकाई नगरपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि

झापा, २८ जेठ । कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानिय रहेको जनाइएको छ । उनीहरु कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पुष्टि गर्न बाकि नै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्